काठमाडौं । कस्तुरी बहुउद्देश्यीय सहकारीका अध्यक्ष एमालेका जिल्ला सचिवालय सदस्य र म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेतर रहेका राजेश शाक्यले १४ सय बचतकर्ताको ४८ करोड हिनामिना गरेका छन् ।

सहकारीका अध्यक्ष र परिवार मिलेर उनले रकम हिनामिना गरेको थाहा भएको छ । सहकारीले ५२ करोड ३२ लाख ८२ हजार ऋण लगानी गरेकामा अध्यक्षको परिवारले मात्र कागजपत्र किर्ते गरेर करिब ४८ करोड लगेर नतिरेको पाइएको छ ।