काठमाडौं, साउन ९
ग्लोबल आईएमई बैंक लिमिटेडले आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुक ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । बैंकका अनुसार ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि आठ दशमलव ७५ प्रतिशत ब्याजदरमा घरजग्गा कर्जा लिन पाउनेछन् र यस कर्जाको ब्याजदर एक वर्षसम्म स्थिर रहनेछ ।
यसैगरी बैंकले आठ दशमलव ९९ प्रतिशत व्यादरमा मा गाडी कर्जार नौ दशमलव ४९ प्रतिशत व्यादरमा सेयरको धितोमा कर्जा प्रवाह गर्नेछ । यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट/क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट र लकर सुविधामा ५० प्रतिशत छुट प्रदान गरिनेछ । बैंकले, कोरोनाले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवं सहजरूपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधि मै यी कर्जाहरू प्रवाह गर्न लागेको हो । कर्जा लिन चाहने ग्राहकहरूले आवश्यक कागजातहरू बैंकमा पेश गरेको ३ कार्यदिनभित्र बिनाझन्झट कर्जा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले नेपालभरि फैलिएका ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरूबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । सीमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरूलाई अनुरोध गरेको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरू ल्याउने गरेको छ ।