काठमाडौं । कृषि विकास बैंकको सञ्चालक पदमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । बैंकका अनुसार अर्थ मन्त्रालयको निर्णयानुसार कृषि विकास बैंकको सञ्चालक समितिको सञ्चालक सदस्यमा पोखरेल मनोनयन भएका हुन् । नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत रहेका छन् ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक सदस्य पोखरेललाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका छन् । उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरू डा हरि बहादुर केसी, गोविन्द प्रसाद भट्टराई, सञ्जीव पौडेल, विनोद कुमार गुरागाँई, रीता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिति रहेको थियो ।