काठमाडौं । देशव्यापी महिन्द्रा केयर फेस्ट सुरु भएको छ । अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले आइतबारदेखि सुरु गरेको सो फेस्ट फागुन २३ गतेसम्म चल्नेछ ।
महिन्द्रा फेस्टको कलाकार निर्मल शर्मा, अग्नि इन्क्र्पोरेटेडका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्रा क्षेत्रीय प्रबन्धक चैतन्य कलाकारलगायतले संयुक्तरूपमा उद्घाटन गरेका थिए । यस ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वासिंग, फ्रि हेल्थ चेकअप, म्याक्सिमाइल लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसमा ५० प्रतिशतसम्मको छुट, १० प्रतिशत विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारको पनि लाभ लिन सकिनेछ ।
महिन्द्राका ग्राहकले नेपालभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन् । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षमा झैँ ग्राहकहरूको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ । साथै, अग्नि आस्था प्रालिले केयर फेस्टको अवसरमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ ।