काठमाडौं । नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि, प्रोटन इमास ७ अब नेपालका सात प्रदेशको आफ्नो भ्रमण जारी राख्दै पश्चिमतर्फको यात्रा सुरु गरेको छ । अत्याधुनिक विद्युतीय सवारी साधन, प्रोटन इमास ७ ले पूर्वका दर्शकहरूलाई मोहित पारेको छ ।
विविध भू–भागहरूमा आफ्नो दक्षता, स्थायित्व र अनुकूलन क्षमता प्रदर्शन गर्दै प्रोटन इमास ७ ले नेपालको अटोमोटिभ उद्योगमा गेम चेन्जरको रूपमा आफ्नो बलियो स्थान बनाउन लागेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार पूर्वी नेपालमा प्रोटन इमास ७ को यस अभियानले चुनौतीपूर्ण सडकहरू, फरक उचाइहरू र अप्रत्याशित मौसमी अवस्थाहरूमा उल्लेखनीय प्रदर्शन गरेको छ । यात्राभरि, गाडीले प्रयोगकर्ता, वातावरणविद् र उद्योग विशेषज्ञबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ, यसमध्ये सबैले यसको पर्यावरण–मैत्री प्रविधि र प्रभावशाली दायराको प्रशंसा गरेका छन् ।
दिगो यातायातको बढ्दो मागसँगै, प्रोटन इमास ७ पश्चिम नेपालभर आफ्नो उपस्थिति विस्तार गर्न तयार रहेको जनाइएको छ । नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भ्रमणका क्रममा धेरैभन्दा धेरै इभीका पारखीले प्रत्यक्षरूपमा गाडीको अनुभव गर्न पाउने बताए । ‘पूर्वी क्षेत्रबाट आएको अत्यधिक प्रतिक्रियाबाट हामी उत्साहित छौं र पश्चिमी नेपालमा प्रोटोन इमास ७ ल्याउन उत्सुक छौं’, उनले भने, ‘हाम्रो लक्ष्य देशको विकसित गतिशिलता आवश्यकताहरू पूरा गर्ने भरपर्दो, कुशल र वातावरणमैत्री समाधान प्रदान गर्नु हो ।’