काठमाडौं, साउन ९ एभरेष्ट इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार आफ्नो २५औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले उपुयक्त कम्पनी निर्जीवन बीमा कम्पनीहरूलाई गाभ्ने तथा गाभिने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिका अध्य राजीव सापकोटाको सभापतित्वमा सम्पन्न भएको वार्षिक साधारणसभाले कम्पनीको आगामी लक्ष्य तथा योजनाहरूको बारेमा समेत प्रस्ताव पारित गरेको छ ।