काठमाडौं । एभरेस्ट बैंकको ऋणपत्रको बिक्री खुला भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो । सोमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन हुन लागेको हो । न्यूनतम २५ कित्ता लगानी गर्न सकिने यस ऋणपत्रको वार्षिक व्याजदर सात दशमलव पाँच प्रतिशत तोकिएको छ ।
परिपक्व हुने अवधि १० वर्ष रहेको यो ऋणपत्र २०९१ सालमा परिपक्व हुनेछ । यद्यपि ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ भने आवश्यक परेको खण्डमा अन्य बैंकमा धितो राखेर ऋण लिन पाइन्छ । ऋणपत्र खरिदको लागि अनलाइन प्रणाली मेरो सेयरमार्फत छिटोमा २१ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा ढिलोमा चैत ३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।