ललितपुर । ललितपुरको टिकाथली स्थित गोदावरी खोला नजिकै पानीका लागि बोरिङ खनेको ठाउँमा ग्यास निस्किएर लागेको आगो निभाइएको छ। बोरिङ गर्ने क्रममा ग्यास निस्किएर बिहान करिब ८ः३० बाट बल्न सुरु भएको आगोको ज्वाला ११ः४० बजेतिर निभाइएको हो ।

आगो निभे पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको स्थानीयले बताएका छन् । करिब ९ सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो लागेको हो । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको थियो ।