विराटनगर । मोरङमा ४५ लाख रुपैयाँ बराबरको भन्सार छली गरेर ल्याइएको एक ट्रक सामान बरामद गरिएको छ । प्रहरीले राजस्व अनुसन्धान कार्यालयमा उक्त सामान बुझाएको छ । विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडबाट भारतीय नम्बर प्लेटको उक्त ट्रक जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नियन्त्रणमा लिई राजस्व कार्यालय विराटनगरमा बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएपी वेदप्रकाश जोशीले त्यसमा इलेक्ट्रिक, कस्मेटिक, मेडिकललगायत सामान लोड गरेको पाइएको जानकारी दिए । भारतका ३५ वर्षीय ट्रक चालक मो. अस्लामलाई नियन्त्रणमा लिई कारबाहीका निम्ति इटहरी पठाइएको जोशीले बताए ।