काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सञ्चालक समितिको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको छ सय १७ औं बैठकले पाँडेलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतरूपमा चयन गरेको हो । अध्यक्ष चुनिएका पाँडे यसअघि पनि सोही बैंकमा सञ्चालक समितिको अध्यक्ष पदमा रहेका थिए ।