काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाको नाफामा उच्च गिरावट आएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १८ लाख १५ हजार चार सय ८५ रूपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा पाँच करोड रूपैयाँले कम हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ७५ लाख ६३ हजार ८४ रूपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ७२ करोड ४४ लाख रूपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ३९ करोड छ लाख १० हजार आठ सय ८८ रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७९ करोड ७० लाख ४४ हजार दुई सय ८३ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड ५२ लाख ७२ हजार तीन सय ८४ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ३३ करोड ३४ लाख ७६ हजार तीन सय २७ रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३१ करोड ३७ लाख १७ हजार सात सय ८० रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ७६ लाख ५५ हजार तीन सय ८७ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा सात दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर दुई दशमलव ४१ प्रतिशत रहेको थियो ।