काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले हाल कायम रहेको चुुक्ता पुँजी ६७ करोड ११ लाख चार हजार नौ सय ९३ रुपैयाँमध्येबाट १४ दशमलव ६२ प्रतिशतका दरले हुन आउने नौ करोड ८१ लाख ४९ हजार पाँच सय ८९ रुपैयाँ बराबरको लाभांश घोषणा गरेको हो ।
संस्थाका अनुसार घोषित लाभांशमध्येमा १३ दशमलव ८९ प्रतिशतका दरले हुन आउने नौ करोड ३२ लाख ४२ हजार एक सय १० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७३ प्रतिशतका दरले हुन आउने ४९ लाख सात हजार चार सय ७९ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ । संस्थाको यही फागुन २१ गते बसेको सञ्चालक समितिको दुई सय ८३औँ बैठकले गरेको निर्णय नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं सस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।