काठमाडौं । टीभीएस अपाचेले बाइक पारखीहरूका लागि ‘एक लाख सेलिब्रेसन डे’का रूपमा रोमाञ्चक कार्यक्रम ‘एक्सचेन्ज मेनिया’को आयोजना गर्ने घोषणा गरेको छ ।
टीभीएस मोटरसाइकलको आधिकारिक वितरक, शंकर ग्रुपको जगदम्बा मोटर्सले युएन पार्कमा शुक्रबारदेखि फागुन २६ गतेसम्म सो कार्यक्रम आयोजना गर्न लागेको हो । सो कार्यक्रममा आफ्नो पुरानो बाइक नयाँ टीभीएस अपाचेका मोडेलसँग साट्न सकिनेछ । साथै, यस कार्यक्रमअन्तर्गत ग्राहकहरूले दुई वर्ष निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल, र सर्भिसको मज्जा लिनुका साथै ३१ हजार रूपैयाँसम्म बचत गर्ने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
साथै, कार्यक्रममार्फत एक्सचेन्ज मूल्याङ्कनमा १० हजार रूपैयाँसम्मको मूल्याङ्कन सुविधा, आकर्षक फाइनान्सिङ योजनालगायत सुविधा पनि उपलब्ध हुनेछ । यसअन्तर्गत ग्राहकले सात दशमलव ९९ प्रतिशत व्याजदरमा १८ महिने किस्ताबन्दीमा बाइक खरिद गर्ने अवसर प्राप्त गर्नेछन् । साथै, कार्यक्रममा नयाँ अपाचे खरिदकर्ताहरूलाई निःशुल्क एक्सेसरीजको व्यवस्था पनि रहेको छ । नेपालमा आफ्नो प्रभावशाली उपस्थितिलाई थप बलियो बनाउँदै कम्पनीले एक लाख सेलिब्रेसन डेका रूपमा सो क्याम्पेनको घोषणा गरेको हो ।
साथै, कार्यक्रममा खेलकुद गतिविधिहरू र प्रतियोगिताहरू समेत समावेश गरिनेछन् । यसअन्तर्गत सहभागीहरूले टेस्ट राइड्स र अब्स्ट्याकल च्यालेन्जहरू, स्लोरेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टन्ट सोहरू र इनफ्लुएन्सर मिटअप्सका साथै, रोमाञ्चक गिफ्ट ह्याम्परहरू र थप आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् । यो विशेष इभेन्टमार्फत इन्फ्लुएन्सरहरू, भ्लगरहरू र अपाचेप्रेमीहरू एकै ठाउँमा भेला भई टीभीएस अपाचेको उत्साहजनक अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ । कार्यक्रमलाई थप रोमाञ्चक बनाउन, उच्च–स्तरीय स्टन्ट सोको प्रदर्शन समेत हुनेछ ।