काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको अहिलेसम्मकै ठूलो अफर बजाज ग्रान्ड एक्सचेन्ज मेला आयोजना गरेको छ ।
बालाजुस्थित मनकामना ट्रेड लिङ्कमा जारी मेला फागुन २६ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने यस एक्सचेन्ज मेलामा अतिरिक्त १० हजार रूपैयाँ भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, अन–द–स्पट फाइनान्स सुविधाअन्तर्गत नौ दशमलव ९९ प्रतिशत व्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक खरिद गर्न सकिनेछ ।
नयाँ जीवनको तयारी बजाजको सवारी भन्ने ट्यागलाइनको साथ सञ्चालित मेलामा ग्राहकले सात हजार रूपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । बजाज ग्रान्ड एक्सचेन्ज मेलामा निःशुल्क एसेसारिज (हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग आदि) पनि प्रदान गरिनेछ । साथै, शून्य प्रतिशत सर्भिस चार्जको विशेष सुविधा पनि रहनेछ ।