काठमाडौं । इम्बार्क कलेजले आई–पेस छात्रवृत्ति २०२५ का विजेताहरूको घोषणा गरेको छ । इम्बार्क कलेज छात्रवृत्तिसम्बन्धी कार्यविधि २०८१ तथा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ अनुरूपको प्रक्रियाबाट योग्य यो छात्रवृति घोषणा गरिएको कलेजले बताएको छ ।
यस छात्रवृत्तिले ब्याचलर अफ साइन्स इन बिजनेस म्यानेजमेन्ट (विएस्सी. विएम) तथा मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) अध्ययन गर्ने विद्यार्थीलाई शतप्रतिशत निःशुल्क अध्ययनको अवसर प्रदान गर्ने कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशीष ठाकुरले बताए ।
सन् २०२५ जनवरी सत्रका लागि ब्याचलर अफ साइन्स इन बिजनेस म्यानेजमेन्टमा प्रकृति अयर र मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसनमा आकृति बस्नेत र विजया सेढाईंलाई एक कार्यक्रमका बीच छात्रवृत्ति प्रदान गरिएको छ । इम्बार्क कलेजले उत्कृष्ट विद्यार्थी पहिचान गर्नका लागि समावेशिता, प्रदर्शन, शैक्षिक उपलब्धि, प्रतिबद्धता, र संलग्नता गरी पाँच प्रमुख पक्षमा विकसित गरेको एक मूल्याङ्कन मोडेलले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज पहुँच प्रदान गर्ने विश्वास कलेजले लिएको छ । कलेजले युनिभर्सिटी अफ रोहेम्प्टन, बेलायतसँगको सहकार्यमार्फत विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने गरेको छ ।