काठमाडौं । सेन्साइ ब्रान्डले आउँदो गर्मी महिनालाई लक्षित गर्दै विभिन्न किसिमका नयाँ–नयाँ मोडलका कुलरहरू नेपाली बजारमा भित्र्याएको छ ।
‘स्टे कुल स्टे कम्फर्ट’ भन्ने नाराका साथ सेन्साइले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरू विभिन्न मोडल र क्षमताका साथै नयाँ नयाँ आकर्षक विशेषतासहित बजारमा ल्याएको छ । यी कुलरहरू अब आफ्नै रोजेजस्तो मूल्यमा खोजेको जस्तो कुलर पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले यी कुलरहरूमा १२ महिनाको वारेन्टी समेत प्रदान गरेको छ । जापनिज प्रविधिबाट निर्र्मित यी कुलरहरूमा इन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिब कुलिङ, कास्टोर हुइल फर ईजी मोबिलिटी, ४वे सुइङ डिफ्लेक्सन, आइस च्यामबर, वाटर लेबल इन्डिकेटरजस्ता आकर्षक विशेषताले भरिपूर्ण छन् ।
इन्भर्टर कम्प्याटिबल भएको कारणले गर्दा यी कुलरहरू बत्ति नभएको बेलामा पनि इन्भर्टरबाट सजिलै चल्छ । यिनीहरूमा हनिकम्ब भएकाले एकदमै चिसो दिन्छ । चारैतिर हावा प्रबाह गर्न यसमा ४वे सुइङ डिफ्लेक्सनजस्ता विशेषता पनि जडान गरिएको छ । कुलरलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानलाई यसमा कास्टोर हुइल राखिएको छ । वाटर लेबल इन्डिकेटको मार्फतबाट कुलरमा कति पानी छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । त्यस्तै, अझै धेरै चिसोका लागि यसमा आइस च्याम्बर पनि राखिएको छ ।