काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी बड्स छ सिरिज सार्वजनिक गरेको छ । यसअन्तर्गत रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायरलेस इयरबड्स रहेका छन् । यी इयरबड्सले उत्कृष्ट साउन्ड, स्पष्ट कल अनुभव तथा लामो ब्याट्री लाइफ प्रदान गर्ने जनाइएको छ ।
कम्पनीका अनुसार १२.४ एमएमको डाइनामिक टाइटेनियम ड्राइभरसहितको रेड्मी बड्स ६ लाइटले शक्तिशाली साउन्ड क्वालिटी प्रदान गर्नेछ । यस्तै, ४० डेसिबल हाइब्रिड एक्टिभ नोइज क्यान्सलेसनको विशेषताले वरपरको अनावश्यक आवाज हटाएर क्लिन साउन्ड प्रदान गर्छ । डुअल माइक्रोफोन र एआई नोइज रिडक्सन टेक्नोलोजीले कुराकानीलाई अझ स्पष्ट बनाउँछ भने ३८–घण्टाको ब्याट्री ब्याकअप (चार्जिङ केससहित)ले दीर्घकालीन प्रयोग सुनिश्चित गर्छ ।
यसैगरी, रेड्मी बड्स ६ प्ले विशेषरूपमा उत्कृष्ट साउन्ड गुणस्तर तथा सुलभ मूल्य चाहने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको छ । १० एमएम डाइनामिक ड्राइभरको साथमा आउने यस इयरबडले सन्तुलित अडियो अनुभव प्रदान गर्ने जनाइएको छ । यसमा भएको एआई नोइज रिडक्सन प्रविधिले कलको आवाजलाई स्पष्ट बनाउँछ भने ३६–घण्टाको प्लेब्याक टाइम (चार्जिङ केससहित) ले दिनभरको प्रयोग सुनिश्चित गर्दछ । साथै, १० मिनेटको क्विक चार्जले तीन घण्टासम्मको म्युजिक प्लेब्याक प्रदान गर्छ जुन यात्राका क्रममा अत्यन्तै उपयोगी हुन आउँछ ।
कम्पनीले रेड्मी बड्स ६ लाइटको मूल्य तीन हजार ४९९ रुपैयाँ तोकेको छ भने रेड्मी बड्स ६ प्ले को मूल्य एक हजार ९९९ रुपैयाँ रहेको छ । नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू तथा शाओमी रिटेल स्टोरहरूमा रेड्मी बड्स ६ सिरिज उपलब्ध हुने जनाइएको छ ।