काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । तापक्रम बढ्दै जाँदा खाना ताजा राख्न र बेभरेजहरू चिसो राख्न अझ महत्वपूर्ण हुने समयमा कम्पनीले बिस्पोक एआई रेफ्रिजेरेटर सार्वजनिक गरेको हो ।
कम्पनीको बिस्पोक एआई रेफ्रिजेरेटर अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट ऊर्जा सञ्चय, र स्टाइलिस डिजाइनका साथ गर्मीलाई सहज बनाइ यस सिजनको लागि उत्तम होम अप्लाएन्स बन्ने जनाइएको छ । बिस्पोकको विशेष फ्ल्याट डोर डिजाइन आधुनिक किचनको लागि उत्तम विकल्प हो । एआई एनेर्जी मोड, स्मार्टठिंग्स कनेक्सन, कन्भर्टएबल ५–इन–१ मोडहरू र ट्वीन कुलिङ प्लसजस्ता एडभान्स फिचरहरू रहेको नयाँ बिस्पोक एआई रेफ्रिजेरेटरहरू आकर्षक, स्मार्ट र फ्लेक्सिबल पनि छन् । एआई एनेर्जी मोडले स्मार्ट एल्गोरिदमको प्रयोग गरी ऊर्जा खपतलाई अनुकूल बनाउँछ, जसले युजेज प्याटर्नअनुसार समायोजन गर्दै १० प्रतिशतसम्म ऊर्जाको बचत गर्न मद्दत गरी खर्च घटाउनेछ ।
कन्भर्टएबल ५–इन–१ मोडहरूले जस्तो पनि घरको आवश्यकताहरू पूरा गर्न अनुकूल रहने अप्रतिम सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ । नर्मल, सिजनल, एक्स्ट्रा फ्रिज, भेकेसन र होम अलोन् गरी आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने पाँच भिन्न मोडहरू भएको यो रेफ्रिजेरेटरले ऊर्जा बचत र अधिकतम उपयोगिता सुनिश्चित गर्छ । ट्वीन कुलिङ प्लस प्रविधिले रेफ्रिजेरेटर र फ्रिजरका लागि अलग–अलग कुलिङ सिस्टम प्रयोग गर्छ । कम्पनीका अनुसार यसले ७० प्रतिशतसम्म आद्रता कायम राख्न मद्दत गर्ने भएकाले गर्मीको समयमा पनि फ्रिजमा स्टोर गरिएको फलफूल र तरकारीहरू लामो समयसम्म ताजा रहन्छन् । यसमा रहेको एडभान्स इभ्यापोरेटर प्रविधिले सही तापक्रम व्यवस्थापन गरी खाद्य पदार्थको ताजगीलाई सुरक्षित राख्ने जनाइएको छ ।
एआई एनेर्जी मोडले युजेज प्याटर्नको विश्लेषण गरी कम्प्रेसरको कार्यसम्पादनलाई अनुकूल बनाउँदै र ऊर्जा खपत घटाउँदै स्मार्ट कुलिङलाई नयाँ उचाइमा ल्याउँछ । यसले गर्दा गर्मीमा चिसो बेभरेजहरू स्टक गर्न वा ताजा खाना तयार गर्न सजिलो हुन्छ र विद्युत् बिलको चिन्ता पनि कम हुन्छ । यस्तै, स्मार्टठिंग्स एपमार्फत रेफ्रिजेरेटरलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । ऊर्जा खपत ट्«याक गर्ने, तापक्रम मिलाउने वा रियल–टाइम नोटिफिकेसन प्राप्त गर्ने सबै कार्यहरू स्मार्टफोनबाट सहजै गर्न सकिन्छ ।
कम्पनीका अनुसार नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर ३९६ लिटर र ४१९ लिटर क्यापासिटीका दुई भेरियन्टमा उपलब्ध छन् । यसको मूल्य एक लाख १२ हजार ९९० रूपैयाँबाट सुरु छ भने, अहिले रहेको विशेष छुट अफरद्वारा एक लाख एक हजार रूपैयाँमा खरिद गर्न सकिन्छ । यो अफर सीमित अवधिको लागि मात्र लागु गरिएको कम्पनीले जनाएको छ । सामसङको नयाँ रेफ्रिजरेटरहरूको खरिद गर्न अझ सजिलो पर्न, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको सञ्चालित इन्स्टा फाइनान्सको सुविधा पनि लिन सकिन्छ ।