काठमाडौं । कजारियाले चितवनको भरतपुरमा अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउन भरतपुरस्थित विकास चोकमा सोरुम सञ्चालनमा ल्याएको हो ।
पशुपति ग्रेनाइट एन्ड टाइल्स सप्लायर्सद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले सोरुमको उद्घाटन गरेका थिए । साथै, कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले भरतपुर कजारियाका लागि महत्वपूर्ण बजार भएको बताए । यो सोरुमले कम्पनीलाई प्रिमियम टाइल्सलाई स्थानीय ग्राहकसम्म पुर्याउन मद्दत गर्ने उनको भनाइ छ । ‘भरतपुरको महत्वपूर्ण क्षेत्रमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्छ, जसले ग्राहकलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ’, उनले भने ।