काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन ४६ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पनि २० दशमलव ६८ अंकले ओरालो लागेर २७ सय ५१ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५३ अंकले ओरालो लागेर चार सय ५९ दशमलव ७६ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ८७ हजार एक सय ५६ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ५० लाख ९४ हजार नौं सय १५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये अन्य उपसमुहको सुचक सामान्य अंकले उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको ओरालो लागेका छन् ।