काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने ४३ वर्षीय सुनिल दवाडी र सिन्धुली दुधौली नगरपालिका–७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने ३८ वर्षीय सुरेन्द्र घिमिरे रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई ललितपुर, ललितपुर महानगरपालिका–५ भनिमण्डलबाट र सुरेन्द्रलाई काठमाडौं महानगरपालिका–२६ सामाखुसीबाट शुक्रबार पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउमध्ये सुनिललाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी र सुरेन्द्रलाई प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको छ ।