काठमाडौं । बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको पदमा बालनरसिंह घर्ती (बीएन घर्ती) नियुक्त भएका छन् । फाइनान्स सञ्चालक समितिको यही फागुन २६ गते बसेको सञ्चालक समितिको ६०२ औं बैठकले घर्तीलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । फाइनान्सका अनुसार आगामी चार बर्षे कार्यकालका लागि नियुक्त भएका घर्तीको कार्यकाल यही फागुन २६ गतेदेखि नै कार्यान्वयनमा आएको छ ।