काठमाडौं । नेपालका लागि भेस्पा/अप्रिला स्कुटरको आधिकारिक विक्रेता डेल्टा अटोकर्प प्रालिले नवलपुरको गैंडाकोटमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले गैंडाकोट वडा नं ५ जनक क्याम्पस गेट अगाडि रुबी ब्रदर्स मल्टीपर्पोज प्रालिमार्फत नयाँ सोरुम सञ्चालनमा ल्याएको हो । गैंडाकोट क्षेत्रमा बढ्दै गएको भेस्पा/अप्रिला स्कुटरको मागलाई मध्यनजर गरी नयाँ डिलरसीप सुरु गरिएको कम्पनीले जनाएको छ । उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमित भट्टचन र उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष दीपक सापकोटाले संयुक्तरूपमा नयाँ सोरुमको उद्घाटन गरेका थिए । यस नयाँ सोरुममार्फत ग्राहकहरूले भेस्पा/अप्रिला स्कुटरको सेल्स, सर्भिस र स्पेयर पार्टस् साथै एक्सचेन्ज तथा अन स्पट फाइनान्सिङको सुविधा समेत प्राप्त गर्नेछन् ।
रुबी ब्रदर्स मल्टीपर्पोजका प्रबन्ध निर्देशक रूपक पौडेलले ग्राहकहरू माझ बढ्दै गएको भेस्पा/अप्रिलाको लोकप्रियतालाई मध्यनजर गर्दै गैँडाकोटमा नयाँ सोरूम सञ्चालनमा ल्याएको बताए । ग्राहकहरूको बढ्दो मागलाई सम्बोधन गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको उनले जानकारी दिए । सोरुम उद्घाटनको अवसरमा फाल्गुन तथा चैत्र महिनाभर गैंडाकोट सोरुममा सोरुम ओपनिङ अफर समेत सञ्चालन गरिएको छ । सो अफरअन्तर्गत भेस्पा/अप्रिला स्कुटर बुक तथा खरिद गर्ने ग्राहकहरूले १० हजार रूपैयाँ क्यास डिस्काउन्ट प्राप्त गर्नेछन् । साथै, एक्सचेन्ज गर्ने ग्राहकहरूले आफ्नो पुरानो टु ह्विलरको उत्कृष्ट एक्सचेन्ज भ्यालुसँगै थप १० हजार अतिरिक्त भ्यालुएसन पाउन सक्नेछन् ।
साथै, हरेक स्कुटरको खरिदमा छ हजार रूपैयाँ बराबरको स्मार्टवाच र भेस्पा/अप्रिलाको ब्रान्डेड हेल्मेट तथा किरिङ प्राप्त गर्नेछन् । यस्तै, चैत्र महिना भरिमा टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले विशेष गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।