काठमाडौं । म्याक लुब्रिकेन्ट्सले ‘एक्सेलेरेट एक्सन : हर डे, हर वे’ नामक शीर्षकमा महिला राइडर्सको भेटघाट र र्याली कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रम सिप्रदी ट्रेडिङको थापाथली कार्यालयबाट सुरु भई ललितपुरको सातदोबाटोमा रहेको स्वीमिङ कम्प्लेक्समा पुगी सम्पश्न्न भएको थियो ।
राइडर्स र्यालीको सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठ, सीईओ राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरव राज थपलिया, ल्युब डिपार्टमेन्ट प्रमुख दिनेश केसी र भारत पेट्रोलियमका कन्ट्री हेड मिहिर ज्योति दत्ताले संयुक्तरूपमा शुभारम्भ गरेका थिए । र्यालीमा सहभागी राइडर्स र खेलका विजेताहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । सिप्रदी ट्रेडिङ भारत पेट्रोलियमद्वारा उत्पादित म्याक लुब्रिकेन्ट्सको नेपालको लागि एक मात्र अधिकारिक विक्रेता हो ।