काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै २१ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन ३२ दशमलव २१ अंकले ओरालो लागेर २७ सय १९ दशमलव २० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २८ अंकले ओरालो लागेर चार सय ५६ दशमलव ४७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय तीन वटा कम्पनीहरुको ९२ हजार ३१ पटकको कारोबारमा एक करोड ५५ लाख ५९ हजार छ सय ८३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, जीवन बीमा सहितका १२ वटै उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।