काठमाडौँ, साउन ११
सनराइज बैंकले नौ दशमलव ९५ प्रतिशतब्याजमा नै कर्जा दिने भएको छ । बैंकका अनुसार आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पुँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढंगले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले ‘सनराइज सरल एसएमई कर्जा’ नौ दशमलव ९५ प्रतिशत वार्षिक ब्याजदरमा दिन लागिएको हो । उक्त योजनाअन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको जानकारी पनि बैंकले दिएको छ ।
यो व्यवस्थाअन्तर्गत ग्राहकले एक करोडसम्मको कर्जा सहुलियत ब्याजदरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केही छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले निःशुल्क क्रेडिट कार्डको सुविधासमेतको लाभ उठाउन सक्नेछन् । साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यावसायिक दक्षता अभिवृद्धिको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । यो सुविधा देशका विभिन्न स्थानमा फैलिएको एक सय ३४ शाखाहरूबाट ग्राहकले लिनसक्ने जानकारी पनि बैंकले दिएको छ ।