काठमाडौं । ह्वावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा भण्डारण संवादको आयोजना गरेको छ ।
ह्वावे डिजिटल पावर नेपालले नेपाल उद्योग परिसंघसँगको सहकार्यमा काठमाडौंको हात्तीसारस्थित ह्वावे प्रदर्शनी केन्द्रमा सो कार्यक्रमको आयोजना गरेको हो । यस कार्यक्रममा नेपालको ऊर्जा, व्यावसायिक र औद्योगिक क्षेत्रका सरोकारवालाहरू सहभागी थिए । कार्यक्रममा सौर्य पीभी र ऊर्जा भण्डारणको नवीनतम प्रवृत्तिदेखि नेपालमा यी प्रविधिहरूको व्यावहारिक अनुप्रयोगहरूसम्मका प्रमुख विषयहरूलाई समेटेर छलफल गरिएको थियो ।
कार्यक्रममा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत जिम हुआङले ऊर्जाको भविष्यलाई आकार दिन नेपालले राखेको लक्ष्यको प्रशंसा गरेका थिए । यस्तै, परिसंघका ऊर्जा विकास परिषद्का अध्यक्ष आशिष गर्गले नेपालको औद्योगिक क्षेत्रको भविष्य दिगो ऊर्जामा अपनाउने कुरामा निर्भर रहने बताए । सौर्य ऊर्जा, ऊर्जा भण्डारण समाधानहरू र हरित उत्पादनहरू उत्पादन गर्न नेपाली उद्योगहरूको डिकार्बोनाइजेसन यस रूपान्तरणको प्रमुख हुने उनको भनाइ छ । उनले नेपाली उद्योगहरूलाई डिकार्बोनाइज गर्नु केवल वातावरणीय जिम्मेवारी मात्र नभई दीर्घकालीन विश्वव्यापी प्रतिस्पर्धात्मकता र दिगोपन सुनिश्चित गर्नको लागि एक महत्वपूर्ण रणनीति भएकोमा जोड दिए । साथै, दिगो अभ्यासहरूलाई एकीकृत गरेर नेपाली उद्योगहरूले नयाँ विकास अवसरहरू अनलक गर्न, विश्वव्यापी लगानी आकर्षित गर्न र विकसित हुँदै गइरहेको हरित अर्थतन्त्रमा नेतृत्वदायी स्थान सुरक्षित गर्न सक्ने उनले बताए ।
ह्वावे नेपाल डिजिटल पावर विभागका निर्देशक जेम्स झाङले सौर्य ऊर्जा र ऊर्जा भण्डारणको एकीकरणले नेपाली व्यवसायहरूको लागि अझ लचिलो र लागत–कुशल भविष्यको लागि मार्ग प्रशस्त गर्ने बताए । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यो कार्यक्रमले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा एउटा महत्वपूर्ण कदम चालेको बताए । नेपाल उद्योग परिसंघ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, ऊर्जा नियामक आयोग लगायत समेत आयोजक रहेको यस कार्यक्रमलाई नेपालको औद्योगिक ऊर्जा क्षेत्रको विकासप्रति प्रतिबद्धता देशको दिगो भविष्यमा संक्रमणको लागि महत्वपूर्ण मानिएको छ ।
वक्ताहरूले यी समाधानले उद्योगहरूलाई कसरी डिकार्बोनाइज गर्न, ऊर्जालागत घटाउन र दिगो अभ्यासहरूलाई प्रवद्र्धन गर्न मद्दत गर्न सक्छन् भन्ने बारेमा गहन दृष्टिकोण प्रदान गरेका थिए ।
कार्यक्रममा ह्वावेले आफ्नो नवीनतम आविष्कारहरू, ह्वावे फ्युजन सोलार सी एन्ड आई ओएसिस सोलुसन, जसमा १ सी÷१५० के र २१५÷१०८ केडब्लुएच सी एन्ड आई ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीईएसएस) पनि अनावरण गरेको थियो । यी उन्नत प्रविधिहरू नेपाली उद्योगहरूलाई ऊर्जा लागत घटाउन र उनीहरूको बिजुली आपूर्तिको विश्वसनियता सुधार गर्न मद्दत गर्न डिजाइन गरिएको हो । यसका अतिरिक्त फ्युजनसोलार सी एन्ड आई ओएसीस स्मार्ट पीभी र ईएसएस सोलुसन प्रस्तुत गरिएको थियो, यसले सपिङ मल, कारखाना र कार्यालय पार्कजस्ता व्यावसायिक र औद्योगिक एप्लिकेसनहरूको लागि बढेको सुरक्षा सुविधाहरू प्रदान गर्नेछ । यी आविष्कारहरू कार्बन उत्सर्जन घटाउन र कम–कार्बन, सर्कुलर अर्थतन्त्र निर्माणमा योगदान पु¥याउने विश्वव्यापी प्रयासहरूलाई सहयोग गर्ने गरी गरिएको कम्पनीले जनाएको छ ।