काठमाडौं । नेपालमा गोप्य अपरेसन गर्न सात भारतीय प्रहरी नेपाल आएको खुलासा भएको छ । नेपाल प्रहरीको माथिल्लो आधिकारीक निकायसँग कुनै पनि संमन्वय नगरि नेपाल आएर गोप्य अपरेसन गर्न थालेको सूचना नेपाल प्रहरीले थाहा पाएपछि उनीहरुलाई पक्राउ गरेको समाचार स्रोतले बताएको छ ।
फागुन ११ गते दिउँसो राजधानीको नागार्जुनमा रहेको एक रेस्टुरेन्टमा भारतीय प्रहरीको टोलीले खानतलासी गरेको थियो । भारतीय टोलीले संकास्पद तरिकाले छानबिन गर्न थालेपछि नेपाल प्रहरीले काठमाडौंका सबै नाका बन्द गरेर निकै चलाखि देखाएको थियो । काठमाडौंको सबै प्रहरी युनिट सक्रिए भएर भारतीय प्रहरीको टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा ल्याउन सफल भएको थियो । आर्थिक दैनिक स्रोतका अनुसार भारतको पन्जावबाट भारतीय प्रहरी विक्रमजित सिंहको नेतृत्वमा आएको सात सदस्यी टोली रहेको पाइएको छ ।
उनीसँगै सुरेन्द्रजित सिंह,रवीन्द्र प्रताप सिंह,पुष्पेन्द्र सिंह,गगनदीप सिंह,रवीन्द्रप्रताप सिंह र मनीष सिंह काठमाडौंमा आएर आफ्ना नागरिक लिएर जान खोजेको पाइएको थियो । भारतीय प्रहरीले नेपाल आएर खोजीरहेका ब्याक्ति पन्जाबमा व्यक्ति हत्या गरेर नेपालमा आई लुकेर बसेको भारतीय नागरिक रहेको खुलासा भएको छ । नेपाल लुकेर बसेको सूचना भारतीय पंजाब प्रहरीले पाएपछि उनीहरु नेपाल आएको बुझिएको छ ।
ति फरार व्याक्तिलाई भारतको प्रहरीले नेपाल प्रहरीको विशेष बिहुरोलाई खोजीदिन भनेपछि नेपाल प्रहरीको पनि राडरमा परिरहेका थिए ।
नेपाल प्रहरीले भारतीय प्रहरीलाई नियन्त्रमा लिएर खानतलासी गर्दा भारतीय प्रहरीलाई नेपाल प्रहरीका डिएसपी निशान्त श्रीवास्तवले अपरेशन गर्नमा सहयोग गरेको खुलासा भएको छ । नेपाल प्रहरीका डिएसपी श्रीवास्तव अहिले लमजुङमा कार्यरत रहेका छन् । संवेदनसिल कुरामा डिएसपीले माथिल्लो आधिकारीक निकाय कसैलाई पनि जानकारि नदिई पञ्जाब प्रहरीलाई सहयोग गरेको पाइएपछि उनीमाथि छानबिन सुरु गरिएको समाचार स्रोतको दाबी छ ।
पञ्जाब प्रहरीलाई नेपाल प्रहरीले एक दिन हिरासतमा राखेर भारतिय दुताबासको जिम्मा लगाएको समेत खुलासा भएको छ । भारतीय दूतावासले पनि आफुसँग कुनै संमन्वयबिना किन खानतलासी गरेको भन्दैं उनीहरुमाथि स्पष्टीकरण सोधेको स्रोतको दाबी छ । भारतीय प्रहरीले दुताबाससँग कुनै संमन्वयबिना अप्रेशन चलाउनु र डिएसपी श्रीवास्तवले नेपाल प्रहरीको माथिल्लो तहलाई जानकारि नगराई सहयोग गर्नुलाई निकै रहस्यम घटना मानिएको छ । तर, नेपाल प्रहरीले भने उक्त घटनालाई बाहिर सार्वजनिक नगरेर गुपचुप राखेको छ ।