काठमाडौँ । टिपरका सहचालकको कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा करेन्ट लागेर गए राति मृत्यु भएको छ । बा प्र ०३–००१ ख १३३८ नम्बरको टिपरबाट मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बालुवा खन्याउने क्रममा बिजुलीको अखम्बाको तार सर्ट भई करेन्ट लागेकोे हो ।
गम्भीर घाइते भएका सहचालक १५ वर्षीय सुमन खड्काको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रामेछापको मन्थली नगरपालिका–७ का खड्कालाई उपचारका लागि शङ्खरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।