विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराला निकट विद्यार्थी संगठन (नेविसंघ)ले लगाएको ताला प्रहरीलो फोरेको छ । मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा शेखर पक्षका विद्यार्थीह समूहले निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गरेको थियो ।
शेखर पक्षका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा बुधबार दिउँसो निर्वाचन कार्यालयमा आगजनी गरी जाला लगाएका थिए । उनीहरुले लगाएको तालाभने प्रहरीले केहि समयपछि नै फोडेको थियो । मंगलबार स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघबाट प्रज्वल विष्ट र डाक्टर शेखर कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए ।
मंगलबार रातिसम्म काइराला समूहका उम्मेदवार दाहालको नाम स्वतन्त्र उम्मेदवारको सूचीमा थियो । संगठनको उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा काईराला समूहका विद्यार्थीले प्रदर्शन गर्दै तालाबन्दी गरेका थिए । प्रहरीले ताला फोडेपनि आगजनी भएपछि आगोले केही कागजहरु जलेको पाइएको छ ।