काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ७४ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ३३ लाख २४ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १९ करोड ६० लाख दुई हजार सात सय ६० रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब नौ करोड ६९ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ८० करोड १५ लाख ६८ हजार छ सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड २३ लाख ३६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम रकम एक करोड आठ लाख ८१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९४ करोड ७४ लाख ६१ हजार नौ सय सय ५० रुपैयाँ निक्षेप संंकलन गरी दुई अर्ब ४९ करोड ११ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ५७ लाख ७८ हजार रुपैैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४४ लाख ३७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ४७ प्रतिशत रहेको थियो ।