काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी हाल एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।