काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही चैत्र आठ गते आफ्नो सातौँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । संस्थाको वार्षिक साधारणसभा धरानस्थित गोर्खा होटलमा हुने छ ।