ठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश गुरुङ नियुक्त भएका छन् । फाइनान्सको यही फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले गुरुङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
फाइनान्सका अनुसार नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गुरुङको कार्यकाल यही चैत्र एक गतेबाट सुरु भई आगामी दुई वर्षसम्म कायम रहने छ । यसअघि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा रविचन्द्र गुरुङ रहेका थिए । उनलाई फाइनान्स सञ्चालक समितिको २०८१ माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले पदबाट हटाएसँगै फाइनान्स प्रमुख कार्यकारी अधिकृतविहीन अवस्थामा रहेको थियो । यो अवस्थामा फाइनान्सले प्रकाश गुरुङलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।