काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको छ महिनामा झण्डै दुई करोड रुपैयाँ कमाएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासिक अवधिमा एक करोड ८७ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा आठ करोड ७५ लाख ५७ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा ८७ करोड ५५ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४५ करोड ८२ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ९५ लाख ९३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा छ दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव ३६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ७६ करोड १८ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १९ करोड ३० लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ८३ लाख २५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १८ दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ३५ प्रतिशत रहेको थियो ।