काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सको नेपालमा हालै सार्वजनिक गरिएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी वीरगञ्जमा लन्च गरेको छ । वीरगञ्जस्थित प्राइम मोटर्समा उक्त गाडीहरू लन्च गरिएको हो ।
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले संयुक्तरूपमा वीरगञ्जमा कम्पनीको नयाँ ईभीहरूको अनावरण गरेका थिए । वीरगञ्जमा टाटाका उक्त गाडीहरू प्राइम मोटर्सले बिक्री वितरण गर्ने जनाइएको छ । प्राइम मोटर्सका प्रोपाइटर सुबोध सापकोटाले वीरगञ्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरू लन्च गर्न पाउँदा हर्सित भएको बताए । विशेषगरी भारतमा निकै रुचाइएको टाटा कर्भ ईभीको धेरै ग्राहकहरू प्रतीक्षा गरिरहेका र ती गाडी डेलिभरी गर्न पाउँदा उत्साहित भएको उनले बताए ।
टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले कर्भ ईभीमा सिँगल चार्जमै लामो दूरीको यात्रा वीरगञ्जबाट काठमाडौं, भारतको पटना, मुज्जफापुर सजिलै आवतजावत गर्न सकिने उल्लेख गरे ।