हेटौंडा।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजावादीहरुले हेटौंडामा तस्बिर जलाएका छन् । एक पार्टी कार्यक्रममा प्रचण्डले पूर्वराजालाई भाइमार,मुर्तिचोरको आरोप लगाएको भोलिपल्ट शनिबार हेटौंडामा प्रचण्डको तस्बिर राजाबादीहरुले जलाएका थिए ।
राप्रपाको जिल्ला अधिवेशनमा मन्तत्व दिने क्रममा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बम पलाँताले प्रचण्डको तस्बिर जलाएका थिए । उक्त घटनापछि नेपालमा अहिले राजावादी र गणतन्त्रवादीबीच आरोपप्रत्यारोप चलिरहेको सन्दर्भमा हेटौंडामा आयोजित कार्यक्रमको मञ्चमै प्रचण्डको तस्बिर जलाइएको छ ।