काठमाडौं । इन्स्टिच्युट अफ इञ्जिनियरिङ (आईओई), थापाथली क्याम्पसका विद्यार्थी प्रजेश श्रेष्ठले शंकरलाल अग्रवाल गोल्ड मेडल २०८१ प्राप्त गरेका छन् । क्याम्पसले हालै आयोजना गरेको आफ्नो ५९औँ वार्षिक समारोहमा शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिलले श्रेष्ठलाई सो अवार्ड प्रदान गरेको हो । श्रेष्ठले विसं २०८१ सालको त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ संकायको परीक्षामा इञ्जिनियरिङ संस्थान, थापाथली क्याम्पसको स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल भएका थिए । उनलाई ‘श्री शंकरलाल अग्रवाल स्वर्ण पदक विसं २०८१’ प्रमाणपत्रका साथै नगद ५१ हजार रुपैयाँ हजार पुरस्कारका साथ सम्मानित गरिएको हो ।