फ्लोरिडा । अन्तरिक्षयात्री सुनिता विलिअम्स र ब्यारी विल्मोरलाई फिर्ता ल्याउन नयाँ रकेट प्रक्षेपण गरिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसलाई फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरेको हो । यसमा, क्रू ड्र्यागन क्याप्सुलसँग जोडिएको चार सदस्यीय टोली आईएसएसको लागि प्रस्थान गरेको छ । यो मिसनलाई क्रू–१० नाम दिइएको छ ।
अमेरिकी अन्तरिक्ष यात्री सुनिता र विल्मोरलाई चार दिनपछि अर्थात् मार्च १९ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट पृथ्वीमा फर्काइनेछ । लामो समयको प्रतीक्षापछि, एलोन मस्कको अन्तरिक्ष एजेन्सी स्पेसएक्सको रकेट फाल्कन ९ शुक्रबार नेपाली समयअनुसार दिउँसो सवा चार बजे प्रक्षेपण गरिएको थियो ।
सुनिता र उनका साथी विल्मोर नौ महिनादेखि आइएसएसमा अलपत्र छन् । उनीहरु सवार अन्तरिक्ष यानमा प्राविधिक गडबडी भएपछि पृथ्वीमा फिर्ता हुन सकेका थिएनन् ।
नयाँ अन्तरिक्षयात्री त्यहाँ पुगेको दुई दिनपछि उनीहरुले पृथ्वीतर्फ आफ्नो यात्रा सुरु गर्नेछन् । नासाका ‘कमर्सियअल क्रू’ कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले पचिल्लो सम्भावनाप्रति खुसी व्यक्त गरेका छन् ।
अन्तरिक्षमा अड्किएका सुनिता र विल्मोरले आफूहरु लगातार अन्तरिक्ष स्टेशनमा रहन पाउँदा खुसी रहेको बताएका छन् । उनीहरु सन् २०२४काके जुनको सुरुमा ‘बोइङ स्टारलाइनर’ नामक अन्तरिक्षयान परीक्षणका क्रममा अन्तरिक्षमा गएकाक थिए ।