थिम्पु । अर्बपति एलोनमस्कको कम्पनी स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा भारतमा सुरु हुने तयारी भएको छ । त्यसका लागि स्पेसएक्सले भारतका दुई ठूला दूरसञ्चार सेवा प्रदायकसँग समझदारी गरेको छ । भारती एअरटेल र रिलायन्स जिओले स्पेसएक्ससँग समझदारी गरेका हुन् ।
एअरटेलले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गर्दै आफ्ना ग्राहकलाई स्टारलिंकको उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन लागेको जानकारी दिएको छ । रिलायन्सले पनि यस्तै प्रकारको विज्ञप्ति जारी गरेको छ । दुई ठूला कम्पनीसँग समझदारी गरेको भएपनि स्टारलिंकले हालसम्म भारतमा सेवा सञ्चालन गरिसकेको छैन ।
मस्कको स्टारलिंक स्याटेलाइट भुटानमा भने सुरु भइसकेको छ । भुटान इन्फर्मेशन कम्युनिकेशन एन्ड मिडिया अथरिटी (बीईसीएमए)ले स्टारलिंकलाई विदेशी लगानी भएको इन्टरनेट कम्पनी (आईएसपी)को रुपमा अनुमति दिएको हो ।