काठमाडौं । होली खेल्ने क्रममा छुरा प्रहार गरेर हत्या गरिएका युवकको शबलाई आफ्न्त र स्थानीयहरुले सडकमा राखेर प्रदर्शन गरेका छन् । उनीहरुले जनकपुर जलेश्वर सडकखण्ड अबरुद्ध गरेर आन्दोलन गरेका हुन । उनीहरुले हत्यामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ गरि आफन्तहरुलाई क्षतिपुर्ति दिनुपर्ने माग गर्दै बिरोध जनाएका हुन । प्रहरीका अनुसार शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा जनकपुरको जलेश्वर सडकखण्डमा १८ वर्षीय आशु यादवको हत्या भएको थियो । स्थानीय लक्षमण महतोका २१ वर्षीय धर्मेन्द्र महतोले आशुमाथि छुरा प्रहार गरेका थिए । गम्भीर घाइते भएका आशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो । छुरा प्रहार गर्ने धर्मेन्द्रलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो ।