काठमाडौं, काठमाडौं विश्वविद्यालयको उपकुलपतिको लागि निवर्तमान उपकुलपति प्राडा भोला थापाको एकल नाम सिफारिस भएको छ । सिफारिस समितिका संयोजक प्राडा सुरेशराज शर्माले प्राडा थापाको नाम सिफारिस गरेका हुन् । समितिका सदस्य डा. अर्जुन कार्कीसहित प्रधानमन्त्री निवास पुगेका संयोजक शर्माले उनको एकल नाम सिफारिस गरेका हुन् । गत शुक्रबार समितिका सदस्य डा. अर्जुन कार्कीसहित प्रधानमन्त्री निवास पुगेका संयोजक शर्माले उनको एकल नाम सिफारिस गरेका हुन् ।
सामान्यतया तीन जनाको नाम सिफारिस हुने गरिएकोमा सिफारिस समितिले एकल नाम सिफारिस गरेपछि केयुका पदेन कुुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि सिनेट बैठक बोलाएको बुझिएको छ । सिफारिस समितिले सिफारिस गरेको उम्मेदवारलाई कुलपतिले उपकुलपतिमा नियुक्त गर्ने परम्परा रहँदै आएको छ । प्राडा थापाको नाम सिफारिस गर्दा सिफारिस समितिका अर्का सदस्य जनार्दन नेपालचाहिँ उपस्थित थिएनन् ।