काठमाडौं । पछिल्लो समय नेपाली पर्यटन उद्योगमा खुसीका समाचारहरू आइरहेका छन् । किनभने सन् २०२४ मा नेपालमा विदेशी पर्यटक आगमन दर विगतका वर्षहरूमा हेरिकन धेरै राम्रो रहेको थियो र छ । भलै नेपाल सरकार र सरकारी कर्मचारीहरूका दाबीअनुसार सन् २०२४ मा १३ लाख १५ हजार चानचुन विदेशी पर्यटक नेपाल भ्रमण गर्न आउनुपर्ने थियो । स्मरण रहोस्, सन् २०२४ को १२ महिनामा जम्मा ११ लाख ४७ हजार पाँच सय ६७ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । जुन संख्यालाई कम अथवा नराम्रो भन्न मिल्दैन । त्यस्तै, गरेर सन् २०२३ मा चाहिँ १० लाख १४ हजार आठ सय ८६ जना विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएका थिए भने सन् २०२४ मा चाहिँ एक दशमलव चार बिलियन पर्यटकहरू विभिन्न देश घुम्न निक्लेका थिए । यो छोटो गन्थन–मन्थनलाई यहीँ छाडेर अब लागौँ, नेपाल सरकार मातहत रहेको राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको पाँच वर्षे पर्यटन नीतिका सम्बन्धमा जान्नेतर्पm ।
हो, नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय मातहत रहेको राष्ट्रिय योजना आयोगले बनाएको १६ औँ पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१–०८२ देखि २०८५०८६) का लागि बनाएको नीति, कार्यक्रम तथा योजनामा आर्थिक वर्ष २०८१÷८२ देखि २०८५÷८६ सम्ममा वर्षेनि २५ लाख विदेशी पर्यटक नेपाल भित्रिने, सो अवधिमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको औसत नेपाल बसाइँ अवधि प्रतिव्यक्ति प्रतिदिन १५ दिन पुग्ने, औसत बसाइँ अवधि प्रतिव्यक्ति प्रतिदिन १५ दिन पु¥याउने, नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले नेपाल बसाइँ अवधिमा गर्ने औसत खर्च पनि प्रतिव्यक्ति प्रतिदिन ८५ अमेरिकी डलर पुग्ने अनुमान (प्रक्षेपण) गरेको । नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको औसत नेपाल बसाइँ अहिले प्रतिव्यक्ति प्रतिदिन १२ दशमलव दुई÷तीन दिनदेखि १३ दशमलव एक दिन रहेको छ भने नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले नेपाल बसाइँ अवधिमा गर्ने औसत खर्च पनि प्रतिव्यक्ति प्रतिदिन केवल ४१÷४२ अमेरिकी डलरदेखि ४४–४५ अमेरिकी डलर हाराहारी रहेको छ । यसरी हेर्दा तीन–चार वर्षको अवधिमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूले नेपाल बसाइँ अवधिमा प्रतिव्यक्ति प्रतिदिन औसतमा गर्ने खर्च लगभग ५० गुणाले बढ्ला ? त्यस्तै, जीडीपीमा पर्यटनको योगदान सात प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ । (तथ्याङ्क स्रोतः अनलाइनखबर २० जेठ २०८१ ।)
यसरी तथ्यतथ्याङ्क हेर्दाखेरि विभिन्न देशको जीडीपीमा पर्यटन उद्योगबाट फरक–फरक योगदान रहेको देखिन्छ । हुन पनि कुनै बेला (कोरोना महामारीअघि) विश्वको केही देशको कुल गार्हस्थ उत्पादन वा भनौँ जीडीपीमा पर्यटन उद्योगबाट ५२–५३ प्रतिशतदेखि ५७–५८ प्रतिशतसम्म योगदान रहेको थियो भने केही देशको ‘कुल गार्हस्थ उत्पादन’ अर्थात् ग्रस डोमेस्टिक प्रडक्टमा केवल शून्य दशमलव ००२–००३ देखि शून्य दशमलव ००४–००५ प्रतिशतसम्म मात्रै रहेको थियो । थप व्याख्यासहित तल विस्तृतमा लेखिने छ ।
विश्व पर्यटनका सम्बन्धमा भन्नुपर्दा सन् २०१९ को डिसेम्बरदेखि चीनको हुपेई प्रान्तको राजधानी वुहानबाट पैmलन सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा सन् २०२० मा विश्व पर्यटन आगमनमा एकैपटक ७४ प्रतिशतले गिरावट आयो । हुन पनि विश्व पर्यटन आगमनको तथ्याङ्क हेर्दाखेरि के देखिन्छ भने सन् २०१९ मा एक दशमलव पाँच बिलियन पर्यटकले विश्वका विभिन्न देशको भ्रमण गरेका थिए । तर सन् २०२० मा चाहिँ चार सय (४१५) मिलियन पर्यटक मात्रै विश्वका विभिन्न देश भ्रमण गरे । त्यस्तै, गरेर सन् २०२१ मा त अझै घटेर चार (४००) सय मिलियिन पर्यटकले मात्रै विश्व भ्रमण गरेका थिए । तर सन् २०२२ मा विश्व पर्यटन र विश्वभरिका पर्यटन व्यवसायीहरूका लागि केही राम्रो प्रगति भयो । किनभने सन् २०२२ मा एकैचोटि नौ सय ६० (९६०) मिलियन मानिसहरू विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्लेका थिए । त्यस्तै, गरेर सन् २०२३ मा नौ सय ७५ (९७५) मिलियन पर्यटकले विश्वका विभिन्न देश भ्रमण गर्न निक्लेका थिए भने सन् २०२४ मा एक दशमलव चार बिलियन पर्यटकहरू विश्वको विभिन्न देशको भ्रमण गर्न निक्लेका थिए । सो तथ्याङ्क हालै संयुक्त राष्ट्र संघ मातहत रहेको ‘विश्व पर्यटन संगठन (डब्लुटीओ)’ले प्रकाशित गरेको हो । स्मरण रहोस्, यो तथ्याङ्क भनेको सन् २०१९ मा विश्व भ्रमण गर्न निक्लिएका पर्यटकको संख्या भेट्टाउन अब लगभग एक प्रतिशत मात्रै बाँकी रहेको अवस्था हो ।
कोरोना महामारीपछिको नेपाली पर्यटनको सन्दर्भमा पनि थेरै कुरो गर्र्दा नेपालमा सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा माइनस ८० दशमलव सात (८० दशमलव सात) प्रतिशत कम हो । त्यस्तै, गरेर सन् २०२१ मा पनि अघिल्लो वर्ष (सन् २०२०) को तुलनामा लगभग ४६ प्रतिशतले कम अर्थात् एक लाख ५० हजार नौ सय ६२ जना विदेशी पर्यटकहरूले मात्रै नेपाल भ्रमण गरे । तर सन् २०२२ मा भने नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढेर छ लाख १४ हजार आठ सय ६९ जना पुगेको थियो भने सन् २०२३ मा त अनपेक्षितरूपमा बढेर १० लाख १४ हजार आठ सय ७६ जना विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आए ।
तर, जीडीपीमा भने नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट खासै योगदान पुग्न सकेको देखिँदैन । किनभने ‘द ग्लोबल इकोनोमी डट कम’का अनुसार सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको योगदान शून्य दशमलव एकहत्तर (शून्य दशमलव ७१) प्रतिशत रहेको देखिन्छ । त्यसो त सन् २०२० मा पर्यटनबाट जीडीपीमा सबैभन्दा धेरै योगदान आरुबा नामक सानो टापु देशको रहेको देखिन्छ । जुन देशको जीडीपीमा पर्यटनको योगदान ४१ दशमलव २६ (४१ दशमलव २६) प्रतिशत रहेको छ भने दोस्रोमा माल्दिभ्स रहेको छ । माल्दिभ्सको जीडीपीमा पर्यटनको योगदान ३७ दशमलव ६१ (३७ दशमलव ६१) रहेको छ । त्यस्तै, गरेर तेस्रोमा मकाउ रहेको छ । मकाउको जीडीपीमा पर्यटनको योगदान ३७ दशमलव शून्य सात (३७ दशमलव शून्य सात) प्रतिशत रहेको छ । उता चौथो स्थानमा रहेको चौथोमा एन्टिगुवा एन्ड बारबाडोेसको जीडीपीमा पर्यटनको योगदान २९ दशमलव ३७ (२९ दशमलव ३७) प्रतिशत रहेको छ भने पाँचौंमा सेसेल्स रहेको छ । एकदमै सानो टापु देश सेसेल्सको जीडीपीमा पर्यटनको योगदान १९ दशमलव २६ (१९ दशमलव २६) प्रतिशत रहेको छ । स्मरण रहोस् माथिका सबै देशहरू स–साना टापु देशहरू हुन् ।
त्यस्तै, ‘द ग्लोबल इकोनोमी डट कम’ ले नै सन् २०२० मा प्रकाशित गरेको तथ्याङ्कअनुसार पर्यटन क्षेत्रबाट विश्वमा सबैभन्दा कम जीडीपीमा योगदान गर्ने पाँच देशहरूमा गिनिया शून्य दशमलव शून्य एक (शून्य दशमलव शून्य एक) प्रतिशत एवम् अल्जेरियाको जीडीपीमा पर्यटनको योगदान शून्य दशमलव शून्य तीन (शून्य दशमलव शून्य तीन) प्रतिशत रहेको छ । भने, अँगोलाको जीडीपीमा पर्यटन क्षेत्रको योगदान शून्य दशमलव शून्य चार (शून्य दशमलव शून्य चार) प्रतिशत रहेको छ भने बंगलादेशको जीडीपीमा पर्यटनको योगदान शून्य दशमलव शून्य छ (शून्य दशमलव शून्य छ) प्रतिशत रहेको छ ।