काठमाडौँ, मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी प्रमुखमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । राससका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले थापालाई प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए
बैठकले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।