काठमाडौं । बिभिन्न मागसहित राजसंस्था पुनर्स्थापनाका लागि राजावादीहरूको तर्फबाट ११ सदस्यीय संयुक्त जनआन्दोलन समिति गठन भएको छ।नवराज सुवेदीको संयोजकमा सोमबार ११ सदीयीय संयुक्त जनआन्दोलन समिति गठन भएको हो । जसमा रवीन्द्र मिश्र, सदस्य सचिव ,पशुपति शमशेर जबरा, डा प्रकाशचन्द्र लोहनी,कमल थापा, राजेन्द्र लिङदेन , दुर्गा प्रसाईं, अस्मिता भण्डारी, हरिबहादुर बस्नेत केशरबहादुर बिष्ट,र रमा सिंह रहेका छन् । त्यस्तै ५ जना सल्लाहकार समिति पनि गठन गरेका छन् ।
सल्लाहकार समितिमा डा. जगमान गुरुंग , बुद्धिराज बज्राचार्य, डा. शास्त्र तत्त्व पन्थ,डा. राजेश अहिराज र खेमराज सेडाई रहेका छन् । उनीहरुले आन्दोलमा बिभिन्न किसिमका एजेण्डाहरु प्रस्तुत गरेका छन् । जसमा, संवैधानिक राजसंस्थाको पुनस्र्थापना,सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना,सङ्घीयता खारेजी,भ्रष्टाचार नियन्त्रण र सुशासन रहेका छन् ।
उनीहरुले राखेको ११ सदस्यीस समितीका सदस्य कमल थापा र राजेन्द्र लिङ्देलले बिरोध जनाउँदै आफूलाई कुनै पनि जानकारि नभएको बताएका छन् । त्यस्तै,सल्लाहकार डा. राजेश अहिराजले पनि कुनै पनि आफूलाई जनाकारि नदिई आफूखुसी नाम राखेको बताएका छन् ।