काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । १ हजार १ सय २ मतसहित विजयी भएका हुन । उनका अनुसार प्रतिद्वन्दी माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याएका छन् । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत श्रेष्ठ निर्वाचित भएका हुन् ।
त्यस्तै,सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले १०४२ मत ल्याएर निर्वाचित भएका छन् । पुल्चोकमा ३ हजार ८०७ जना मतदाता थिए ।यसअघि २०७९ मा भएको चुनावमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका विराज अर्यालले चुनाव जितेका थिए ।