काठमाडौं, साउन १२
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आईतबार नै बजार परिसूचक २२ दशमलव चार अंकले उकालो लागेर १४ सय ६५ दशमलव १० अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५९ अंकले उकालो लागेर तीन सय सात दशमलव ५३ अंकमा चढेको छ । यसदिन कुुल एक सय ९० कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ३२ हजार आठ सय ३६ वटा कारोबारमा ४५ लाख छ सय तीन कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ९४ करोड २६ लाख ७९ हजार तीन सय ८० रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्स)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये तीन वटा समूहको सूचक उकालो लागेका छन् भने नौ वटा समूहको सूचक उकालो लागेका छन् । सोमध्ये होटल समूहको सूचक दुुई दशमलव २९ अंकले ओरालो लागेर १६ सय ७१ दशमलव पाँच अंकमा झर्दा जलविद्युुत् समूहको सूचक पनि दुुई दशमलव दुुई अंकले ओरालो लागेर नौ सय ६९ दशमलव ९५ अंकमा झरेको छ ।
यसैगरी सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य एक अंकले ओरालो लागेको छ । वाणिज्य बैंक समूहको सूचक भने यसदिन १६ दशमलव पाँच अंकले उकालो लागेर १२ सय ६३ दशमलव २३ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि चार दशमलव ७३ अंंकले उकालो लागेर १८ सय ३५ दशमलव ७६ अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि दुुई सय ५९ दशमलव ६४ अंकले उकालो लागेर छ हजार आठ सय ९४ दशमलव तीन अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि तीन सय ३८ दशमलव आठ अंकले उकालो लागेर आठ हजार आठ सय ९१ दशमलव २४ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुुवित्त समूहको सूचक पनि क्रमशः आठ आठ दशमलव ५१, तीन दशमलव ३३, पाँच दशमलव ७३, १३ दशमलव ७९ र २७ दशमलव ६५ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य नौ रुपैयाँ ९७ पैसाले बढेर सात सय ५० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटलको सेयर मूल्य नौ रुपैयाँ ९६ पैसाले बढेर दुुई सय ५४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, रैराङ हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको बेष्ट फाइनान्सको सेयर मूल्य छ रुपैयाँ ५४ पैसाले घटेर एक सय रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य तीन रुपैयाँ ७० पैसाले घटेर ५२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक हिमालयन ऊर्जा विकास कम्पनी, ङादी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १३ सय ९५ रुपैयाँ अन्तिम मूल्यमा २५ करोड ८४ लाख १८ हजार एक सय सात रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता पाँच सय ४९ रुपैयाँ अन्तिम मूल्यमा १९ करोड ९४ लाख ५२ हजार नौ सय १६ रुपैयाँको कारोबार भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।