धवलागिरि (म्याग्दी) । सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका छन् । जीपमा चालकसहित ५ जना सवार रहेका थिए ।
घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । चालकको लापरवाहीका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय दरबाङको टोली घटनास्थलमा पुगेका छन् ।