मानव जीवनको परम लक्ष्य हरदम खुसी नै रहनु हो । यसैलाई ध्यानमा राख्दै संयुक्त राष्ट्र संघले प्रति वर्ष मार्च २० तारिखका दिन अन्तर्राष्ट्रिय खुसी दिवस मनाउने घोषणा गरेको थियो । यस दिनको मुख्य उद्देश्य भनेको आर्थिक विकासभन्दा मानवीय खुसी र सुखको महत्वलाई प्राथमिकता दिनु हो । जुन यस दिनलाई हाम्रो देशले पनि यस दिवसलाई राष्ट्रिय तथा स्थानीयस्तरमा मनाउँदै आएको छ । विशेषगरी सन् २०२५ मा नेपालले यस दिनलाई केही नयाँ पहलहरूसँग जोडेर मनाउने तयारी गरेको छ । यस अर्थमा भन्ने नै हो भने अन्तर्राष्ट्रिय खुसी दिवसको महत्व, नेपाली संस्कृतिमा खुसीको अवधारणा र सन् २०२५ मा मुलुकले अगाडि सारेका लक्ष्यहरूको विश्लेषण गरिनेछ । यसको साथसाथै मुलुकले सन् २०२५ मा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउने तयारी गर्दै गर्दा, देशको अद्वितीय सांस्कृतिक, आध्यात्मिक र सामाजिक गतिशीलताले यसलाई एक रोचक केसस्टडी बनाउँछ । वस्तुतः राष्ट्रको परम्परा, बौद्ध र हिन्दु दर्शन र सामुदायिक कल्याणमा जोड विश्वव्यापी खुसीको सिद्धान्तहरूसँग मिल्दोजुल्दो छ । यो उत्सवले मानसिक स्वास्थ्य, दिगो विकास, आर्थिक स्थिरता र सामाजिक समावेशीकरणको महत्वलाई प्रकाश पार्छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य, विशेषगरी लक्ष्य तीन (राम्रो स्वास्थ्य र कल्याण), लक्ष्य १० (असमानता घटाउने) र लक्ष्य १६ (शान्ति, न्याय र बलियो संस्थाहरू), ले विश्वव्यापीस्तरमा खुसी प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्छन् । यसरी प्रत्येक वर्ष, संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय खुसी दिवसको लागि एक विषयवस्तु तय गर्छ । यसै सन्दर्भलाई दृष्टिगत गरी सन् २०२५ को लागि अपेक्षित विषयवस्तु ‘सबैका लागि खुसी विविधतालाई अँगाल्ने, समुदाय निर्माण गर्ने’ हो, विश्वव्यापी एकता र समावेशीकरणलाई प्रवर्द्धन गर्ने रहेका छ ।
विश्वको परिपेक्ष्यमा अवलोकन गर्ने हो भने अन्तर्राष्ट्रिय खुसी दिवस सन् २०१२ मा संयुक्त राष्ट्र संघले यस दिनलाई अधिकारिक मान्यता दिएपछि विश्वभरका एक सय ९३ देशहरूले मार्च २० तारिखमा खुसी दिवस मनाउन थालियो । यसको पृष्ठभूमिमा भुटानले प्रस्तावित गरेको जीएनएच (ग्रस नेसनल ह्यापिनेस) को अवधारणाले ठूलो भूमिका खेलेको थियो । जुन अन्तर्राष्ट्रिय खुसी दिवसको मूल सारांश भनेको नै आर्थिक वृद्धिभन्दा मानवीय सुखलाई केन्द्रमा राख्ने हो । त्यसरी नै समानता, स्वास्थ्य र पर्यावरण संरक्षणजस्ता विषयलाई प्रोत्साहन दिने रहेको छ । विश्वभरका सरकारहरूलाई नीतिनिर्माणमा खुसीको सूचकांक समावेश गर्न प्रेरित गर्ने प्रमुख बुँदाहरू उल्लेख भएका थिए । यसर्थ, हाम्रो देशले पनि यस दिनमा सामाजिक सञ्जाल अभियान, शैक्षिक कार्यक्रम र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने गर्दछ । जबकि नेपाली समाजमा खुसीको अवधारणा सामूहिकता, धर्म र प्रकृतिसँग जोडिएको छ । यहाँका प्रमुख तत्वहरूमा सामुदायिक सहयोगमा जात्रा, घर निर्माण र विवाहजस्ता अवसरमा सामूहिक सहभागिताभित्र पर्ने गर्छ । त्यसरी नै धार्मिक सहिष्णुतामा हिन्दु, बौद्ध, मुस्लिम र अन्य समुदायहरूको पर्वहरू (दशैं, तिहार, ईद) मिलेर मनाइने संस्कृति रहेको छ । त्यस्तैगरी प्रकृतिसँग सामञ्जस्य रहेका हिमाल, पहाड र तराईको प्राकृतिक सुन्दरताले मानिसको मानसिक शान्तिमा योगदान पुर्याउँदै आएको छ । तर, आधुनिकताको प्रभावले व्यक्तिगत बढ्दै गए पनि, नेपालीहरूको खुसीको आधार भनेको परिवार र समुदाय नै हो । त्यसरी नै नेपालीहरूको खुसीको अवस्थालाई अध्ययन गर्ने हो भने विश्व खुसी प्रतिवेदन मार्च २०२२ मा अन्तर्राष्ट्रिय खुसी दिवस अघि जारी गरिएको उक्त वर्षको विश्व खुसी प्रतिवेदन २०२२ को १० औँ संस्करणमा नेपाल ८४ औँ स्थानमा थियो । यसमा लगातार पाँचौँ वर्ष, फिनल्यान्ड विश्वको सबैभन्दा खुसीको रूपमा शीर्ष स्थानमा रहेको छ । सन् २०२३ अनुसार नेपाल ९४औं स्थानमा रहेको जनाएको छ । यसका पनि मुख्य चुनौतीहरूलाई अवलम्बल गर्ने हो भने आर्थिक असमानताः ग्रामीण र सहरी क्षेत्रबीच खाडल, रोजगारीको अभावः युवाको पलायन र मानसिक तनाव ।
प्राकृतिक प्रकोपः
भूकम्प, बाढीले गर्दा हुने आर्थिक क्षति आदि रहेका छन् । तर, यसमा सकारात्मक पक्षहरू पनि छन् । यसमा सरकारले स्वास्थ्य र शिक्षामा निजी क्षेत्रको सहभागिता बढाउने एकातिर रहेको छ भने अर्कोतिर युवाहरूको सामाजिक उद्यममा रुचि बढाउँदै लग्ने पनि रहेको छ । त्यसै कारणले होला सन् २०२५ लाई नेपालले ‘खुसी र समृद्धिको वर्ष’ घोषणा गर्ने योजना पनि रहेको छ ।
अन्तर्राष्ट्रिय खुसी दिवस २०२५ ले नेपाललाई कल्याण र आनन्दप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने अवसर प्रदान गर्दछ । जुन चुनौतीलाई सम्बोधन गरेर र अवसरहरूलाई अँगालेर, नेपालले आफ्ना नागरिकहरूको लागि उज्ज्वल भविष्य सिर्जना गर्न सक्छ । नेपालमा खुसीको खोजी केवल व्यक्तिगत कल्याणको कुरा मात्र होइन; यो एक सामूहिक प्रयास पनि हो । जसलाई वातावरणीय दिगोपन, सामाजिक न्याय र आर्थिक सशक्तीकरणलाई समेटेर समग्र दृष्टिकोण आवश्यक पर्छ । जसरी आफ्नो समृद्ध सांस्कृतिक सम्पदाको प्रयोग गरेर र नवीनतालाई अँगालेर, नेपालले खुसीको हिमालयन दृष्टिकोणतर्फ एक अद्वितीय मार्ग बनाउन सक्छ । जसले विश्वलाई यसको लचिलोपन, करुणा र दिगो भावनाले प्रेरित गर्छ । यसमा पनि लक्ष्य भनेको प्रतिकूलताको सामना गर्दा पनि त्यो खुसी पाउन सकिन्छ र यो पछ्याउन लायक छ भनेर देखाउनुपर्नेछ ।
नेपाल एक विकासशील मुलुक हो । जहाँ आर्थिक समृद्धिसँगै सामाजिक तथा सांस्कृतिक समावेशीकरण महत्वपूर्ण छ । यसरी नेपाली समाजमा सामूहिकता, पारिवारिक सम्बन्ध, धार्मिक सहिष्णुता तथा प्राकृतिक सुन्दरता खुसीका प्रमुख स्रोत हुन् । तर, रोजगारीको अभाव, आर्थिक अस्थिरता, शिक्षा तथा स्वास्थ्य सेवामा कमजोरीजस्ता पक्षहरूले नेपाली जनताको खुसीमा असर पारिरहेका छन् ।
नेपाल सन् २०२५ मा प्रवेश गर्दा, अन्तर्राष्ट्रिय खुसी दिवसले निम्न पक्षहरूमा योगदान दिन सक्छः
नीतिगत सुधारः
सरकारलाई जनताको खुसी सुनिश्चित गर्न आवश्यक नीति निर्माण गर्न प्रेरित गर्ने ।
मानसिक स्वास्थ्यको प्रवर्द्धनः
तनाव व्यवस्थापन तथा मानसिक स्वास्थ्य सेवाहरूलाई सुधार गर्ने अवसर प्रदान गर्ने ।
सामाजिक समरसताः
विभिन्न जाति, धर्म, र संस्कृतिका व्यक्तिहरूबीच सहकार्य र मेलमिलाप बढाउने ।
पर्यावरण संरक्षणः
हरियाली प्रवर्द्धन र वातावरणीय प्रदूषण न्यूनीकरण गरी खुसीको स्तर बढाउनको लागि सन् २०२५ को नेपालमा सम्भावना र चुनौतीहरू धेरै रहेका छन् । जसलाई पार गरी विकासका विभिन्न चरणहरू अगाडि बढ्दैछ । जसमा भन्ने नै हो भने भौतिक संरचना, प्रविधि, स्वास्थ्य, शिक्षा तथा रोजगारीका क्षेत्रमा देशले महत्वपूर्ण प्रगति गर्ने अपेक्षा छ ।
सम्भावनाहरूः
आर्थिक विकासः सन् २०२५ सम्म नेपालले पर्यटन, जलविद्युत्, कृषि, तथा प्रविधि क्षेत्रमा ठूलो लगानी गर्दै अघि बढ्नेछ ।
पूर्वाधारको विकासः सडक, बिजुली, सञ्चार, तथा डिजिटल सेवा विस्तार हुने अपेक्षा गरिन्छ ।
शिक्षा प्रणाली सुधारः प्रविधि र डिजिटल शिक्षालाई प्राथमिकता दिई गुणस्तरीय शिक्षा प्रवर्द्धन गरिनेछ ।
स्वास्थ्य सेवा सुधारः अस्पताल तथा स्वास्थ्य केन्द्रहरूको संख्या वृद्धि गरी सहज सेवा उपलब्ध गराइनेछ ।
चुनौतीहरूः
राजनीतिक अस्थिरताः देशमा स्थायी सरकारको अभावले विकास प्रक्रियामा अवरोध उत्पन्न गरिरहेको छ ।
बढ्दो बेरोजगारीः रोजगारीका अवसरहरू सिर्जना गर्न नसक्दा युवाहरू विदेशिने क्रम जारी रहनेछ ।
जलवायु परिवर्तनः प्राकृतिक प्रकोपहरूको प्रभाव न्यूनीकरण गर्नु चुनौतीपूर्ण हुनेछ ।
वैदेशिक निर्भरताः विदेशी सहायता तथा रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन कठिनाइ हुन सक्छ ।
निष्कर्षमा भन्नुपर्दा विश्व खुसी प्रतिवेदन सन् २०२५ को विषयवस्तु ‘हेरचाह र साझेदारी’ नै यस वर्षको नाराका रूपमा राखिएको हो । यसले व्यक्तिगत र राष्ट्रिय खुसीका लागि परोपकार, सहानुभूति र विश्वासको महत्वलाई उजागर गर्छ । जुन मुलुकले अन्तर्राष्ट्रिय खुसी दिवस २०२५ मनाउन तयारी गरिरहेको बेला, देशसँग आफ्नो सांस्कृतिक समृद्धि, आध्यात्मिक सम्पदा र सामुदायिक मूल्यमान्यताहरू प्रदर्शन गर्ने अनौठो अवसर छ । फलतः आर्थिक र सामाजिक चुनौतीहरूको बावजुद, देशका जनताले परम्परा, सम्बन्ध र प्रकृतिमा आनन्द पाउन जारी राखेका छन् । जसमा सरकारी नीतिहरू, समुदाय–सञ्चालित पहलहरू र व्यक्तिगत सहभागिताको साथ, राष्ट्रले खुसीको लागि विश्वव्यापी आन्दोलनमा योगदान पुर्याउन सक्छ । जबकि सन् २०२५ को विषयवस्तु, ‘सबैका लागि खुसी–विविधतालाई अँगाल्ने, समुदाय निर्माण गर्ने’ नेपालको विविध सांस्कृतिक र आध्यात्मिक परिदृश्यसँग पूर्णरूपमा मिल्दोजुल्दो छ । जसमा भन्ने नै हो भने समावेशीता, दिगोपन र भावनात्मक कल्याणलाई अँगालेर, नेपालले साँचो खुसीको खोजीमा अन्य राष्ट्रहरूका लागि उदाहरण स्थापित गर्न सक्छ । त्यसरी नै अन्तर्राष्ट्रिय खुसी दिवसले मुलुकलाई आफ्नो सांस्कृतिक मूल्य र आधुनिक विकासबीच सन्तुलन कायम गर्न प्रेरित गर्दछ ।