काठमाडौं, साउन १२
मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकका अनुसार घरजग्गासम्बन्धी कारोबार तथा राजश्व संकलन कार्य सहज तथा व्यवस्थित होस् भन्ने उद्देश्यले महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्टेन्सन काउन्टर विस्तार गरिएको हो । महेन्द्रनगर मालपोत कार्यालयका प्रमुख खेमराज खत्री र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको औपचारिकरूपमा उद्घाटन गरेका हुुन् ।
विभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिअनुरूप मेगाले यसअघि महेन्द्रनगरस्थित यातायात कार्यालयमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरेको थियो । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगाको यो ३२औं एक्सटेन्सन काउन्टर हो । बैंकले हाल देशभर दुुई सय छ वटा शाखा र एक सय ४२ वटा एटीएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।